+
+

कांग्रेसको पौडेल समूहको बैठक शशांक निवासमा जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १३:३६
फाइल तस्वीर

१० साउन काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पौडेल समूहको बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा जारी छ  ।

बैठकमा सरकार सञ्चालन, पार्टीको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा छलफल भइरहेको बताइएको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत र अर्जुननरसिंह केसीलगायत नेताहरु सहभागी छन् ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेपछि कांग्रेस महाधिवेशन प्रभावित भएको छ । महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिएको छैन । क्रियाशील सदस्यतालाई लिएर विभिन्न जिल्लामा विवाद कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?