
चलचित्रमा उत्कृष्ट अभिनयका कारण दर्शकको मन जित्दै आएकी नायिका सुरक्षा पन्त सानो पर्दामा पनि उस्तै जमेकी छिन् ।
रोमान्टिक शैलीका गीतमा भन्दा पनि सुरक्षाको खोजी केही फरक गीतमा हुने गरेको छ । गायक स्वरुपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीतको भिडियोमा सुरक्षाको यस्तै अभिनय हेर्न सकिन्छ ।
अनिल शाहीको संगीत तथा गौतम डंगोलको शब्द रहेको यो गीतको भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । विशाल माइलोले छायांकन गरेको भिडियोलाई उज्ज्वल ढकालले सम्पादन गरेका हुन् । भिडियोमा सुरक्षा र रोचक जोशी फिचर्ड छन् ।
भिडियोमा सुरक्षा र रोचकको रोमान्स समावेश छ । साथमा, यी दुइको वियोगको कथा पनि दिपेशले पर्दामा उतारेका छन् । बजारमा चलिआएका भिडियो भन्दा यो केही फरक लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4