Comments Add Comment

रामचन्द्र पौडेलले भेटे सीता दाहाललाई

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सिता दाहाललाई भेटेका छन् । पौडेल सोमबार बिहान खुमलटार पुगेर दाहाललाई भेटेका हुन् ।

प्रचण्डकी छोरी गंगा दाहालले भेटको तस्वीर सामाजिक सन्जालमा सार्वजनि गर्दै पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेकी छन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै खुमलटार पुगेर सीता दाहाललाई भेटेका थिए ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।

यसअघि उनको उपचार अमेरिका, स्वीजरल्याण्ड, भारत लगायतका अस्पतालमा उपचार गरिएको थियो । हाल उनको स्वास्थ्य जटिल बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment