Comments Add Comment

बच्चाको नाम राख्दा आमाबुवाले के गल्ती गर्छन् ?

कतिपय पति–पत्नीले बच्चा गर्भमा छँदै हुनेवाला बच्चाको नाम के राख्ने भनेर मोटामोटी सूची तयार गरिसकेका हुन्छन् । अझ कतिपयले त लभ अफेयरमा रहेकै बेला पछि जन्मने बच्चालाई यस्तो नाम दिने भनेर संभावित नामहरु खोजिसक्छन् । तर, सबैको हकमा यस्तो हुँदैन ।

अर्कोतिर पतिले सिफारिस गरेको नाममा पत्नीले चित्त नबुझाउन सक्छिन् । पत्नीले खोजेको नाम पतिले अनुमोदन नगरिदिन सक्छ । त्यसैले बच्चा नाम राख्नु चानचुने वा सोचेजस्तो सजिलो कुरा चाहि होइन । हामी जीवनभर त्यही नाम बोकेर बाँच्छौं । आफु मरेपनि ‘नाम’ बाँचिरहोस् भन्ने आकंक्षा राख्छौं । त्यही कारण त अहिलेका आमाबुबालाई आफ्ना ‘छोराछोरीको नाम के राख्ने’ भन्ने विषयले निकै सोचमग्न बनाउने गर्छ ।

सुन्दा सामान्य लाग्छ, तर धेरै अभिभावकले अनुवभ गरेको कुरा हो कि बच्चाको नाम छनौट गर्न कति गाह्रो हुन्छ । भन्न त के भनिन्छ भने, नाममा के छ र ?

के राख्ने नाम ?

आमाबुबा चाहन्छन् कि, आफ्नो बच्चाको नाम यस्तो होस्, जो उच्चाहरण गर्दा मिठासयुक्त सुनियोस् । लयात्मक लागोस् । अर्थपूर्ण होस् । आपसमा मिल्ने, जुध्ने नामहरु भन्दा पृथक नाम छनौट गर्नु उपयुक्त हुन्छ ।

कतिपय आमाबुबाले आफ्नै नामको पहिलो अक्षर सापटी लिएर बच्चाको नाम जुराउँछन् । कतिले गुगल सर्च गरेर बच्चाको नाम खोज्छन् । कतिले यसका लागि शब्दकोश पल्टाउन थाल्छन् । कतिले चर्चित व्यक्तित्व एवं सेलिब्रेटीको नाम आफ्नो बच्चाका लागि जुराइदिन्छन् ।

हुनपनि नाम भनेको बच्चाको पहिचान हो । जीवनभर उसले त्यही नाम बोकेर हिँड्छ । त्यही नामले उनी चिनिन्छन् । त्यही नाम लिएर उसले स्कुल भर्ना हुनेदेखि विभिन्न कामकाज गर्ने गर्छन् ।

अहिले कतिपय आमाबुबाले पौराणिक पात्रको नामबाट बच्चाको नाम राखिदिने गर्छन्, जो आदर्श पात्र थिए । तर यस्ता कति नामहरु उच्चहरण गर्न सजिलो हुँदैन ।

कतिपय आमाबुबाले अंग्रेजी वा पश्चिमा संस्कृतिको प्रभावमा त्यही अनुसारको नाम राखिदिन्छन्, जो नेपालीमा उच्चाहरण गर्दा जिब्रो सजिलै चल्दैन ।

नाम राख्दा ख्याल गर्नुपर्ने कुरा के हो भने, बच्चाको नाम सजिलै उच्चाहरण गर्न सकियोस् । लेख्दा पनि सरल होस । पछि बच्चाको आवश्यक कागजात तयार गर्दा होस् वा प्रशासनिक काम गर्दा, सजिलो नाममा त्रुटी हुने वा कुनै पनि किसिमको झन्झट हुने भय हुँदैन । अप्ठ्यारो नामले कतिपय ठाउँमा अप्ठ्यारो नै पार्न सक्छ । बोल्न असजिलो हुने नाम राख्नु हुँदैन । ‘युनिक’ अर्थात पृथक नाम राख्ने चक्करमा बोल्नै गाह्रो हुने नाम राख्नु उपयुक्त हुँदैन ।

आफ्ना बच्चाको नाम यस्तो पनि नराखौं कि, जसको अगाडि वा पछाडिको अक्षर थोरै थपघट गर्दा त्यसको अनर्थ नलागोस् । अर्थात हास्यास्पद नाम नहोस् ।

१. यस्तो नाम, जो नाम अर्थपूर्ण होस् ।

२. यस्तो नाम, जो अरुसँग हत्तपत्त नजुध्ने होस् ।

३. यस्तो नाम, जो अनर्थ नलाग्ने होस् ।

४. यस्तो नाम, जो उच्चहरण गर्न सजिलो होस् ।

५.  यस्तो नाम, जो छरितो पनि होस् ।

बच्चाको नाम राख्दा परम्परा, सामाजिक नियम, पारिवारिक रीति–रिवाजलाई पनि ध्यान राख्नुपर्छ । बच्चाको नाम कुनै स्थानको नामबाट नराखौं । कुनै प्रशिद्ध स्थान, शहर, नदीनाला आदिको नामबाट बच्चाको नाम नराखौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment