Comments Add Comment

भाइबरमा स्वप्न सुमनका नयाँ गीतहरूको अडियो स्टिकर प्याक

राकुटेन भाइबरले नेपालको चर्चित गायक स्वप्न सुमनको साथ आफ्नो पहिलो स्थानीय अडियो स्टिकर प्याक शुरू गर्न सहकार्य गरेको छ । अडियो स्टिकरहरू भाइबरमा विशेष रूपमा उपलब्ध हुनेछ र यो सबै नेपाली प्रयोगकर्ताहरूको लागि निःशुल्क पनि हुनेछ।

प्याकमा उनको एल्बमको सबैभन्दा लोकप्रिय ट्र्याक र उनको आगामी नयाँ एल्बम, ‘प्रतिकृति’को नयाँ गीत ‘एक भन्दा दुई’ को केहि अंशहरु सामेल छन् ।

स्टिकर प्याक डाउनलोड गर्दा प्रयोगकर्ताहरू स्वचालित रुपमा स्वप्न सुमनको भाइबर कम्युनिटीमा सामेल हुनेछन्, जहाँ उनीहरू गायकसँग अझ नजिकिन सक्नेछन्, उनको सांगीतिक यात्रासँग अपडेटेड हुन सक्नेछन् र उहाँसँग कुराकानी गर्ने मौका पनि पाउने छन् ।

भाइबरमा आउने उनको अडियो स्टिकर प्याकको बारेमा स्वप्नले यसो भने,’ यो मेरो भाइबरसँग मिलेर कामगरिरहेको दोस्रो पटक हो र म यो अवसर पाएकोमा निकै सम्मानित छु । यो मेरो लागि एक रमाईलो अनुभव हो र यो स्टिकर प्याक सिर्जना गर्दा मलाई धेरै रमाईलो पनि भयो। मलाई आशा छ कि मेरो गीतको भाग भएका यी अडियो स्टिकरहरूले भाइबरमा सबैको कुराकानी र अनुभवलाई रोमाञ्चक बनाउनेछ ।’

स्वप्नले २०२० माभाइबरसँग सहकार्य गरी आˆनो पहिलो स्टीकर प्याकको सुरूवात गरेका थिए, जसमा उनका गीतहरू र ˆयानडमबाट फोटोहरू र उद्धरणहरू प्रस्तुत गरिएको थियो । अपि्रल २०२० मा रिलीज भएको उनको सबैभन्दा लोकप्रिय गीत ‘नबोली तिमी बुझिदेउ’ को पनि भाइबर एक हिस्सा थियो । र यस वर्ष पनि भाइबरसँग मिलेर उनको नयाँ गीत ‘एक भन्दा दुई’ लाई जुलाई ३०, २०२१ मा रिलीज गर्न सँगै काम गरिरहेका छन् । भाइबरको अडियो स्टिकरहरुको माध्यमबाट स्वप्नको नयाँ गीतको झलक सुन्नको लागी स्वप्न सुमनका प्रशंसकहरु अर्थात् ​​स्वप्नर्सहरुको लागि यो ठूलो अवसर पनि हो ।

‘भाइबर स्टिकर प्याकहाम्रो मेसेजिंग एपमा सँधै लोकपि्रय फिचर भएको छ र अडियो स्टिकरहरूको सुरूवातले कुराकानीहरुलाई अझ रमाईलो र अर्थपूर्ण बनाउने छ” राकुटेन भाइबरको एप्याकका वरिष्ठ निर्देशक डेभिड चेले भने,’हामीलाई गतवर्ष स्वप्नसँगमिलेर कामगर्न निकै रमाईलो लागेको थियो र यस वर्ष पनि उनको नयाँगीतको सुरूवातको एक हिस्सा हुन पाउँदा हामी धेरै खुसी छौं । यो हाम्रो प्रयोगकर्ताहरूको लागि पनि धेरै रमाईलो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment