+
+

साउन २७ गतेदेखि मानुषी लघुवित्तको आईपीओ खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते ११:१२

१२ साउन, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।

आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त अवधिमा आईपीओ बिक्री नभए भदौ ९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० देखि बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने छ । लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी सात करोड रहेको छ । आईपीओ बाँडफाँटपछि पुँजी १० करोड ९३ लाख पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?