Comments Add Comment

हात्तीको दाह्रासहित अमलेखगञ्‍जबाट तीनजना पक्राउ

१२ साउन, बारा । प्रहरीले हात्तीको दाह्रासहित जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्‍ज बजारबाट तीनजनालाई पक्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्‍जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment