Comments Add Comment

आइफोन १३ कहिले आउँछ ? के के छन् फिचर्स ?

१२ साउन, काठमाडौं । आमरुपमा एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा आफ्नो आइफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको छ । यो पटकको सेप्टेम्बर आउनै लागेको हुनाले एप्पल फ्यानहरु नयाँ आइफोनको व्यग्र पर्खाइमा छन् । एप्पलको आसन्न नयाँ संस्करणको आइफोनको नाम आइफोन १३ हुने अपेक्षा गरिएको छ र यो सँग सम्बन्धित विभिन्न जानकारीहरु सार्वजनिक भैसकेका पनि छन् ।

एप्पल निकट श्रोतहरुको हवाला दिँदै विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुका अनुसार आइफोन १३ को डिस्प्लेमा हुने नचको आकार आइफोन १२ को तुलनामा केही सानो हुनेछ ।

त्यस्तै आइफोन १३ प्रो सिरिजमा १ टेराबाइट स्टोरेजको अप्सन हुने पनि बताइएको छ । अनि आइफोन १३ मा २५ वाटको फास्ट चार्जिंग सपोर्ट पनि रहनेछ ।

आइफोन १३ सिरिजका सबै मोडलमा LiDAR सेन्सर हुनेछ । ब्लुम्बर्गको रिपोर्ट अनुसार आइफोन १३ मा अलवेज अन मोड पनि हुनेछ ।

कतिपय रिपोर्टहरुमा के पनि दाबी गरिएको छ भने एप्पलले यो पटक आइफोन १३ ल्याउँदा थप एक नयाँ रङको भेरिएन्ट पनि ल्याउनेछ । उक्त नयाँ कलर भेरिएन्टको नाम सनसेट गोल्ड हुने बताइएको छ ।

आइफोन १३ को साइज आइफोन १२ जत्तिकै हुने र डिजाइन पनि लगभग उस्तै हुने दाबी गरिएको छ । यद्यपि आइफोन १३ को क्यामरा बम्प चाहीँ पहिलेका मोडलमा भन्दा केही ठूलो हुनेछ ।

आइफोन १३ सिरिजमा कस्तो क्यामरा रहला ? यो धेरैको चासोको विषय हो । लोकप्रिय टिप्स्टर Ming Chi Kuo का अनुसार आइफोन १३, आइफोन १३ मिनी तथा आइफोन १३ प्रो मा आइफोन १२ मा जस्तै सेभेन इलिमेन्ट वाला वाइड एंगल क्यामरा हुनेछ ।

आइफोन १३ प्रो म्याक्समा चाहीँ त्यसभन्दा फरक क्यामरा हुने बताइएको छ । तथापि सबै मोडलका क्यामरामा LiDAR सेन्सर राखिनेछ । त्यस्तै आइफोन १३ सिरिजका क्यामरामा अटोफोकसन तथा अल्ट्रा वाइड लेन्स हुनसक्ने बताइएको छ । अनि भिडियोमा पनि पोट्रेट मोड सपोर्ट हुनेछ ।

आइफोन १३ प्रोमा हुने अलवेज अन डिस्प्ले सबैभन्दा चर्चाको विषय बन्ने देखिएको छ । ब्लुम्बर्गका अनुसार आइफोन प्रो मा १२० ज्श को रिफ्रेस दर भएको डिस्प्ले रहनेछ । यस्तै डिस्प्ले Low temperature polycrystalline oxide अर्थात LTPO ले बनेको हुन्छ र यसको ब्याट्री खपत दर निकै कम रहनेछ । साथै सदैव अन रहने डिस्प्ले हुने भएकाले आइफोन १३ सिरिजमा थप शक्तिशाली ब्याट्री पनि हुने बताइएको छ

आइफोन १३ सिरिजमा A15 प्रोसेसर हुनेछ । कम्पनीले यसलार्य संसारकै सबैभन्दा फास्ट मोबाइल प्रोसेसर भएको दाबी गरेको छ ।

आइफोन १३ सिरिज फाइभ जी फोन हुनेछन् । त्यसैले नयाँ आइफोनमा क्वालकोम स्नापड्रागन x60 प्रोसेसर प्रयोग हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment