Comments Add Comment

डान्स सुधार्न मलिकाले के–के गरिन् ?

४ दिन अगाडि मात्र नायिका मलिका महत र नायक पल शाहलाई फिचरिङ गरिएको ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोले ४ दिनमा १२ लाख भन्दा माथिको भ्यूज पाएको छ । केन्द्र मोसन पिक्चर्सले पल र मलिकालाई नै लिएर तयार पारेको ‘टाढा भएपनि’ बोलको गीतले २४ घन्टामै ९ लाख ७२ हजार भ्यूज पाएको रेकर्ड छ ।

यसअर्थमा, पल र मलिकाको जोडीलाई चौथो पटक दर्शकले आंशिक रुपमा मात्र मन पराइरहेको वुझ्न सकिन्छ । तर, यो गीतको भिडियोले मलिकालाई भने फाइदा पुगेको छ । किनकी, यो गीतको भिडियोमा मलिकाको डान्स प्रस्तुतिले दर्शकको मन जितेको छ ।

यो भिडियोको कोरियोग्राफर केविका खत्री हुन् । केविकाका अनुसार, मलिका डान्स भन्ने वित्तिकै गर्न सकिन्छ र भन्ने सोचाइमा थिइन् । किनकी, मलिकाले यसअघिका गीतमा यसरी डान्स गरेकी थिइनन् । मलिकाको डान्स कमजोर रहेको प्रतिक्रिया यसअघि उनीसँग काम गरेका केही भिडियोका निर्देशकले पनि दिदै आएका थिए ।

केविकाले पनि मलिकालाई हौसला दिइन् र चार दिनसम्म वर्कशप गराइन् । ४ दिन वर्कशप गराउँदा केविकाले मलिकालाई सहज लाग्ने स्टेपहरु मात्र सिकाएकी थिइन् । यसैले, पनि गीतको भिडियोमा मलिकाको डान्स बलियो देखिन्छ ।
दर्शकले मलिकाको सुन्दरता र मुस्कानको खुबै प्रशंसा गर्छन् । तर, एउटा कलाकारलाई लामो समयसम्म अगाडि बढ्नका लागि उसमा अभिनय, नृत्यको पनि बलियो ज्ञान हुनुपर्छ । मलिकाले यो भिडियोबाट आफूमा भएको नृत्य केही हदसम्म सुधारेकी छिन् । आगामी दिनमा उनले आफूलाई नृत्यमा कत्तीको पर्फेक्ट बनाउने हुन्, प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment