Comments Add Comment

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

फाइल तस्वीर

१२ साउन, काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।

न्यायाधीशहरु माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर हुने आदेश गरेको हो । फैसलाको पूर्णपाठ तयार नभएकाले के कस्तो आधारमा उनका वारेमा अदालतले निर्णय गर्‍यो भन्नेबारे खुलेको छैन ।

काठमाण्डौं तिनकुनेमा डेरा गरी बस्ने ‘नया“ बानेश्वर २६’को कोठामा पुगेका महराले उनीमाथि यौन दुर्व्यवहार गरेको र बलात्कारको प्रयास गरेको आरोप लगाइएको थियो । २०७६ साल असोज १२ गतेको घटनामा दुवै पक्षविच छिनाझम्टी हुदा महराको चस्मा खसेर फुटेको थियो ।

महराको चस्माको टुक्रा र खुट्टा ‘नया“ बानेश्वर २६’को कोठामा छुटेको भन्दै प्रहरीले बरामदी मुचुल्का तयार पारेको थियो । यही आधारमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा चलेको थियो । पछि पिडित भनिएकी ‘नया“ बानेश्वर २६’ले आफूमाथि कुनै दुर्व्यवहार नभएको बयान दिएकी थिइन ।

जिल्ला अदालत काठमाण्डौंले २०७६ साल फागुन ५ गते महरालाई सफाई दियो । आफूमाथि दुव्र्यवहार नभएको भन्ने पिडितको बकपत्र, बलात्कारको प्रयास नगरेको भन्ने महराको बयान र हस्तरेखा विश्लेषणका क्रममा पिडितको निवासमा भेटिएका सामानहरु महराले नै छाडेका हुन् भन्ने पुष्टि नभएको भन्ने विशेषज्ञको रायका आधारमा जिल्ला अदालतले सफाई दिएको थियो ।

त्यो फैसलामा चित्त नबुझाई सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । त्यही मुद्दाको फैसलामा पाटनले पनि जिल्लाको फैसला सदर गरेको हो । आरोपपछि महराले पदबाट राजिनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment