
१२ साउन, काठमाडौं । माओवादी केन्द्रले प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको केन्द्रीय कायालयका सचिव श्रीराम खनालले अनलाइनखबरलाई जानकारी दिए ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीताकुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेका बेला माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4