Comments Add Comment

महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ ।

महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०-पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरिएको सर्भिस क्याम्पमा गाडीको ३०-पोईन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प साउन १४ र १५ गते नेपालभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिँदैछ ।

यस क्याम्पमा सहभागी भई भरपुर फाईदा लिनका लागि ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ्ग गर्नु पर्नेछ ।

साथै, ग्राहकहरुले बुकिङ्गको लागि दिईएका टोल प|mी नम्बरहरु – १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment