Comments Add Comment

नबिल बैंकको डिबेञ्चरमा आवेदन दिने म्याद थपियो

१३ साउन, काठमाडौं । नबिल बैंक लिमिटेडको ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक डिबेञ्चरमा आवेदन दिने समय थप गरिएको छ । तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि समय थप गरिएको हो ।

नबिल बैंकले साउन १० गतेदेखि डिबेञ्चरको निष्काशन तथा बिक्री खुला गरेको थियो । १३ साउनसम्म आवेदन दिन सकिने भनिएकोमा पर्याप्त आवेदन परेको छैन । थप गरिएको म्याद अनुसार अब आगामी २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

प्रतिकित्ता एक हजार रुपैयाँ पनेए डिबेञ्चर लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment