+
+

गाँजासहित बाराबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १७:१२

१३ साउन, वीरगञ्ज । लागूऔषध गाँजासहित बाराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१२ रामथली टोलका ६२ वर्षीय शेरबहादुर जिम्बालाई प्रहरीले पक्राउ गरेको हो ।

निजगढ–११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलमा गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिम्बाले पिठ्यूँमा बोकेको कालो रंगको झोलाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जिम्बामाथि बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?