१३ साउन, धनगढी । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ ।
भर्खर सम्पन्न भएको आर्थिक वर्ष २०७७-७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो ।
अख्तियार महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकाले सडक पूर्वाधारतर्फका केही योजनामा काम सम्पन्न नहुँदै भुक्तानी गरेको उजुरीपछि छापा हानिएको बताए ।
‘हामीलाई नगरपालिकाले काम नसकिदै बजेट भुक्तानी गरेर आर्थिक अनियमितता गरेको भन्ने उजुरी प्राप्त भएको थियो,’ जोशीले भने, ‘सोही आधारमा बुधबार नगरपालिकामा छापा हानेर अनुन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएका छौँ ।’
दोधारचाँदनी नगरपालिकाले गत आर्थिक बर्ष २०७७-०७८ मा सम्पन्न हुनुपर्ने सडक कालोपत्रेका योजनामा काम नसकिदै भुक्तानी दिदै अनियमितता गरेको दाबी गरिएको अख्तियारले जनाएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4