Comments Add Comment

दाम्पत्य जीवन : तपाईंमाथि कतै धोका त भइरहेको छैन ?

दाम्पत्य सुखका लागि भावनात्मक र व्यवहारिक तालमेल जरुरी हुन्छ । साथसाथै विश्वास, भरोसा, सद्भाव, सहयोग र प्रेमले दाम्पत्य जीवनलाई सुखमय बनाउँछ ।

तर, कहिले काहीँ दाम्पत्य जीवनमा तालमेल मिल्दैन । हुन त व्यवहारिक जीवन चलाउने क्रममा सानोतिनो झगडा वा मतभेत हुनु सामान्य हो । किनभने सबैको सोंच, रुची, व्यवहार एकनास हुँदैन । यी समस्या त एकअर्काको संवाद र सहकार्यबाट सुल्झदै जान्छन् । दम्पतीहरु जति जति परिपक्क हुँदै जान्छन्, उत्तिनै घर–व्यवहारमा पनि सन्तुलन आउदै जान्छ ।

तर, घर व्यवहार ठीक हुँदाहुँदै पनि कहिलेकाहीँ दम्पतीबीच फाटो आउन सक्छ । र, यो फाटो ल्याउने काम गर्छ, अविश्वास र आशंकाले  । कुन अवस्थामा यस्तो स्थिती पैदा हुन्छ त ?

जब श्रीमान वा श्रीमतीले एकअर्कासँग कुरा लुकाउन थाल्छन् । वा धोका दिन थाल्छन् ।

जब पार्टनरमध्ये एकले विश्वासघात गर्न थाल्छन्, तब सम्बन्ध खराब हुन थाल्छ । पार्टनरलाई छल्ने, ढाँट्ने प्रवृत्ति कुनै न कुनै रुपमा प्रकट भइहाल्छ । अतः त्यसबेला उनीहरुको सम्बन्ध सधैजस्तो सुमधुर रहँदैन । संकटमा पर्छ ।

जब पार्टनरले यसरी आफुलाई छल्न खोज्छन्, त्यसको केही न केही संकेत पनि मिल्छ । अतः यस्तो संकेत पाइएमा उनीमाथि प्रश्न गर्न सकिन्छ । उनको नियत वा प्रवृत्ति बुझ्न सकिन्छ । र, संभावित जोखिमबाट उम्कन सकिन्छ ।

सबै व्यक्ति मनको कुरा खोलेर बोल्ने स्वभावका हुँदैनन् । कोही धेरै बोल्छन्, कोही कम । कोही सार्थक कुरा बोल्छन्, कोही गफाडी मात्र पनि हुन्छन् । तपाईंको पार्टनर कम बोल्छन् वा धेरै ? त्यो महत्वपूर्ण भएन । यद्यपि उनी सधैजस्तो तपाईंसँग अन्तरंग कुरा गर्दैैनन् भने त्यसमा केही गडबड छ भनेर बुझ्नुपर्छ । पार्टनरले आफुसँग बोल्न रुची नराख्नुमा उनकै दोष मात्र हुँदैन, आफ्नो गल्ती पनि हुनसक्छ । त्यसैले पार्टनरले आफुसँग अरुबेला झै स्वभाविक ढंगले कुराकानी गर्न छाडेमा वा कुरा गर्न नचाहेमा तपाईंले त्यसको कारण खोज्नुपर्छ । साथसाथै यसले के पनि संकेत गर्छ भने तपाईंका पार्टनरले तपाईंलाई धोका दिदैछ ।

सामान्य अवस्थामा भन्दा बढी नै लचिलो भएर व्यवहार गर्न थालेमा वा अनावश्यक माया गरेको दर्शाएमा पनि केही गडबड छ भनेर बुझ्न सकिन्छ । किनभने तपाईंले कुनैपनि शंका नगरोस् भनेर उनले बढी नै माया दर्शाएको नाटक गर्न सक्छन् । यस किसिमको व्यवहार भनेको उनले तपाईंको नजरबाट आफुलाई बचाईराख्नका लागि हो ।

तपाईंको पार्टनर अरुबेला भन्दा बढी समय घरबाहिर बिताउन थालेमा पनि शंका गर्न सकिन्छ । हुन त कतिपय काम विशेषले पनि घरबाहिर बढी समय विताएको हुनसक्छ । यद्यपि उनी के कामले अल्झिएका हुन् भन्ने कुरा त तपाईंलाई थाहा हुनैपर्छ । पार्टनर कहाँ जान्छ, के गर्छ भन्ने कुरा सामान्य रुपमाले तपाईंले हेक्का राख्नुपर्छ । यस्तो कुरामा पनि दम्पतीले कुरा लुकाउनु हुँदैन । यदि पार्टनर धेरैजसो घरबाहिर जान्छन् र त्यसको कारण पनि खास खुल्दैन भने शंका गर्नुपर्छ ।

पार्टनरसँग केही कुरा गर्न खोज्दा बढी नै हडबढाउँछ भने पनि त्यसको कारण खोज्नुपर्छ । आखिर के कुरामा तपाईंसँग उनले डर मानिरहेका छन्, के कुरामा संकोच मानिरहेका छन् ? खोतल्नुपर्छ ।

जब पार्टनर अरुतिर सम्बन्ध बढाउन थाल्छन्, तब तपाईंप्रति उनको लगाव घट्दै जान्छ । उनले तपाईंलाई समय दिदैनन्, कुराकानी गर्दैनन् । तपाईंबाट टाढा रहन खोज्छन् । यदि यस्तो लक्षण देखिएमा पनि तपाईंले शंका गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment