+
+

शिव शंकरको गाइजात्रे कोसेली ‘बकम्फुसाय नम’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १३:१८

भदौ ७ गते परेको गाइजात्रा पर्वलाई लक्षित गर्दै हाँस्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले दर्शकलाई नयाँ कोसेले सार्वजनिक गरेका छन् । शिव शंकरले तयार पारेको ‘ओम बकम्फुसाय नम’ नामक एल्बममा गाइजात्राका रमाइला खुराक समावेश छन् ।

उनले, देशको समसामयिक राजनीति, राजनीतिक दल र विकृतीमाथि तिखो व्यङ्ग्य प्रहार गरेका छन् । उनको गाइजात्रे कोसेलीमा एउटा प्यारोडी गीत र प्रहसन समावेश गरिएको छ । उनको प्रहसनको केन्द्रमा भने तीन बर्ष भन्दा बढी सरकार चलाएर बाहिरिएका केपी शर्मा ओलीप्रति लक्षित छ ।

दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गतबर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए ।

‘गत बर्ष मेरो ‘लकडाउन’ नामक गाइजात्रे कोसेली आएको थियो । यो धेरैले हेरे, टिकटक लगायत सामाजिक संजालमा समेत भाइरल भयो’ रिजालले भने ‘म हरेक बर्ष आफ्नो व्यक्तिगत गाइजात्रे कोसेली ल्याउने गरेको छु ।’ उनले अन्य कलाकारसँग मिलेर पनि गाइजात्राको कोसेली दर्शकमाझ सार्वजनिक गर्ने बताएका छन् ।

गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलवा दमन रुपाखेती, शशी बिक्रम थापा, घनश्याम गौतम, सुरेश तिमल्सिना, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?