+
+
Shares

प्रतिगमनको मतियारहरु मुसा प्रवृत्ति देखाउँदैछन् : झपट रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १६:१८

१४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले पार्टीभित्र मुसा प्रवृत्ति देखिएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी कदम चाल्न उक्साउनेहरुले मुसा प्रवृत्ति देखाएको उनले उल्लेख गरेका छन् ।

‘हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरु केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरु अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दैछन् । अन्य मतियारहरुको कुरै नगरौं ।’

रावलले जस्तोसुकै एकता विरुद्धको एक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत सम्वाद हुनुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?