Comments Add Comment

उत्तर कोरियाले एएफसी यू-२३ च्याम्पियनसिप र महिला एसिया कप छनोट नखेल्ने

१४ साउन, काठमाडौं । उत्तर कोरियाले दुई एएफसी छनोट प्रतियोगिता नखेल्ने भएको छ । उत्तर कोरियाले एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता नखेल्ने भएको हो ।

छनोट प्रतियोगिताबाट उत्तर कोरियाले नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी)ले जनाएको छ । छनोटमा उत्तर कोरिया इस्ट जोनको समूह ‘के’मा रहेको थियो । यस समूहमा जापान र कम्बोडिया पनि छन् ।

दुई टिम मात्र बाँकी भएपछि एएफसीले समूह मिलाउनका लागि समूह जी देखि जे सम्मको दुई–दुई टिम निकालेर ड्र गर्ने भएको छ । जसमा ड्र बाट निस्कने पहिलो टिमलाई समूह ‘के’ मा राखिनेछ ।

उज्वेकिस्तानमा अर्को वर्ष हुने एएफसी यू–२३ एसियन कपको लागि नेपाल भने वेस्ट जोनको समूह बी मा  छ । यो समूहमा नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान छन् । यस्तै उत्तर कोरियाले अर्को वर्ष भारतमा आयोजना हुने एएफसी वुमन्स एसियन कप छनोटबाट समेत नाम फिर्ता लिएको एएफसीले जनाएको छ ।

छनोटमा उत्तर कोरियासँगै इन्डोनेसिया, इराक र सिंगापुर समूह सी मा थिए । यस समूहमा अब तीन टिम मात्र हुनेछन् । यसमा भने फेरि ड्र नगरिने एएफसीले जनाएको छ ।

महिला एसिया कप छनोटमा नेपाल समूह एफ मा छ । यस समूहमा हङकङ र फिलिपिन्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment