+

तेस्राे टी-२० मा भारतलाई ७ विकेटले हराउँदै श्रीलंकाले जित्याे सिरिज

२०७८ साउन  १५ गते ६:५९ २०७८ साउन १५ गते ६:५९
तेस्राे टी-२० मा भारतलाई ७ विकेटले हराउँदै श्रीलंकाले जित्याे सिरिज

१५ साउन, काठमाडौं । भारतलाई पराजित गर्दै श्रीलंकाले तीन खेलकाे टी-२० सिरिज जितेको छ ।

गएराति भएकाे तेस्रो तथा अन्तिम टी-२० खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेर घरेलु टोली श्रीलंकाले सिरिज २-१ ले जितेको हो ।

भारतले दिएको ८२ रनको सामान्य लक्ष्य पछाएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

श्रीलंकाका लागि धनन्जय डा शिल्भाले अविजित रहँदै सर्वाधिक २३ रन बनाए । भारतका लागि राहुल चाहरले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन मात्र बनाएको थियो ।

भारतका लागि कुलदिप यादवले अविजित रहँदै २३ रन बनाए । भारतलाई कम स्काेरमा राेक्न श्रीलंकाका वानिन्दु हसारांगाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए ।

भारतका मुख्य खेलाडीहरु टेष्ट क्रिकेटमा व्यस्त रहेकाले शिखर धवनको कप्तानीमा भारतले श्रीलंका टुर गरेकाे हाे । भारतले यसअघि ओडिआई सिरिज २-१ ले जितेको थियो ।

भारत श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय