Comments Add Comment

कोहलपुर नगरपालिकाको निर्देशन-भौतिक रुपमा विद्यालय सञ्चालन नगर्नू

१५ साउन, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले सरकारको निर्देशन विपरीत भौतिक रूपमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले बिहीबार अनुगमन गर्दा कोहलपुरको मिसन पब्लिक स्कुल, पञ्चमुखी इङ्ग्लिस स्कुल, दीपज्योति विद्याश्रम र निम्बल एकेडेमीले भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेको पाइएको थियो ।

विद्यालय भौतिक रुपमा सञ्चालन गरेको पाइएपछि तत्काल सरोकारवालाहरुको बैठक बसेको नगरपालिकाले जनाएको छ । बैठकमा विद्यालय सञ्चालकहरुले सरकारको निर्देशन विपरीत भौतिक रुपमा विद्यालय सञ्चालन नगर्ने, नगरपालिकाको निर्देशनलाई पालना गर्ने प्रतिवद्धता जनाएपछि एक पटकलाई मौका दिइएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

‘यस्तो जोखिमपूर्ण समयमा सरकारको निर्देशन विपरीत गरेको पाइएपछि कारबाही गर्ने निर्णयमा पुगेका थियौं,’ उनले भने, ‘विद्यालयले एक पटकलाई मौका दिन आग्रह गरेपछि आइन्दा सरकारको निर्देशन विपरीत कार्य नगर्ने शर्तमा छोडिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment