News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली याक्सले एनपीएलको तेस्रो संस्करणका लागि एभरराइज स्पोर्टस प्रालिलाई एपरेल पार्टनर बनाएको छ ।
- कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राईज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
- गत संस्करण पनि एभर राइज कर्णालीको एपरेल पार्टनर थियो, र एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुनेछ ।
४ भदौ, काठमाडौं । कर्णाली याक्सको लागि एभरराइज स्पोर्टस प्रालि एपरेल पार्टनरको रूपमा आबद्ध भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राईज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले विहिबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यो सम्झौतासँगै कर्णालीले तेस्रो सिजनको एनपीएलमा एभर राइजको पोशाक लगाउनेछ । गत संस्करण पनि एभर राइज नै कर्णालीको एपरेल पार्टनर रहेको थियो । एभर राइज भारतीय स्पोर्टस वेयर कम्पनी हो ।
यो सम्झौतापछि कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले लगातार दोस्रो वर्षको सहकार्यको लागि एभर राइजलाई धन्यवाद दिए । गत संस्करण एपरेल पार्टनरको रूपमा गरेको सहकार्य उत्कृष्ट रहेको कारण पनि यो पटक निरन्तरता दिएको मल्लले बताए ।
एभर राइजका निर्देशक शेख मोहम्मद सभमनले लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै खुसी र गर्व महसुस गरेको भन्दै एभर राइज प्रतिको विश्वास, साथ र सहयोगका लागि धन्यवाद दिए ।
सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले मिनी अक्सनबाट १३ खेलाडी टिममा अनुबन्ध गरिसकेको छ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।
प्रतिक्रिया 4