Comments Add Comment

अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ    

१५ साउन, काठमाडौं । अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सी झीवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी अवैध मदिरा उत्पादन गरी बिक्री वितरणको लागि तयार पारेको अवस्थामा फेला पारी पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उक्त होटलबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका १ सय १३ थान ड्रममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको मदिरा समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय महाराजगञ्ज पठाइने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment