Comments Add Comment

महोत्तरीबाट १२१ बोरा युरिया मल बरामद

१५ साउन, काठमाडौं । महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले १ लाख २१ हजार मूल्य बराबरको युरिया मल बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा १२१ बोरा युरिया मल बरामद गरिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

शुक्रबार करिब तीन बजेको समयमा जलेश्वर नगरपालिका-५ स्थित पर्सापतैलीका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए ।

सशस्त्र प्रहरी बल ९ नम्बर गण महोत्तरी जलेश्वरले बरामद गरेको युरिया मल आवश्यक जलेश्वर भन्सार कार्यलयमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment