Comments Add Comment

एचजेएफएनलाई स्वास्थ्य सामग्री

१५ साउन, काठमाडौं । एसोसिएसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख मूल्य बराबरको स्वास्थ्य सामग्री (कोभिड-१९ किट) उपलब्ध गराएको छ।

कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआईएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको एआईएनका अध्यक्ष डा. सुशील कोइरालाले बताए ।

महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment