Comments Add Comment

बेन स्टोक्सले लिए अनिश्चितकालका लागि आराम

१६ साउन, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले अनिश्चितकालका लागि सबै खाले क्रिकेटबाट विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन ब्रेक लिएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी)ले जनाएको छ ।

लगातारको खेल र चर्का प्रतिस्पर्धाका कारण स्टोक्सले केही समय क्रिकेटबाट टाढा बस्ने निर्णय गरेका हुन् । यसअघि टेनिक्स नाओमी ओसाका र जिम्न्यास्ट सिमोन बाइल्सले पनि मानसिक स्वास्थ्यला ध्यान दिँदै खेल छाडेका थिए । बाइल्सले अहिले भइरहेको टोकियो ओलम्पिकमा खेलललाई छाड्दै मानसिक स्वास्थ्यलाई भ्यान दिएका छन् ।

इसीबीले इंग्ल्यान्ड र भारतबीच अर्को सातादेखि सुरु हुने पाँच टेस्टको सिरिजमा स्टोक्स उपलब्ध नहुने समेत जनाएको छ । उनको स्थानमा क्रेग ओभरटनलाई टिममा समावेश गरिएको छ ।

३० वर्षीय स्टोकस्ले मानसिक स्वास्थ्यका साथै देब्रे हातको औंलाको चोटको लागि पनि आराम खोजिरहेका छन् । प्रतिस्पर्धात्मक क्रिकेटमा आएपछि उनको औंलाले पनि आराम पाएको छैन ।

इसीबीले स्टोक्सको निर्णयलाई समर्थन गर्ने र खेलबाट बाहिर रहँदा पनि निरन्तर सहयोग गर्ने जनाएको छ ।

‘बेनले आफ्नो भावना र भलाइको बारेमा बोल्नका लागि ठूलो साहस देखाएका छन् । हाम्रो मुख्य प्राथमिकता भन सबै मानिसहरुको मानसिक स्वास्थ्य र कल्याणको लागि हुनेछ’, इसीबीका प्रबन्ध निर्देशक एस्ले गिल्सले भनेका छन् ।

इसीबिले स्टोक्सले चाहिए जति समय आराम गर्न दिने र भविष्यमा फेरि इंग्ल्याण्डकै लागि खेलेको हेर्न चाहना रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment