Comments Add Comment

डोटीमा झण्डै एक अर्ब ७० करोड रुपैयाँ फ्रिज

१६ साउन, डोटी । डोटी जिल्लामा आर्थिक बर्ष २०७७/०७८ मा एक अर्ब ६९ करोड ८१ लाख १३ हजार ६ सय ३९ रुपैयाँ फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लामा संघीय सरकारको बजेटबाट ५४ करोड एक लाख २२ हजार ४३ रुपैयाँ र प्रदेश सरकारको बजेटबाट एक अर्व १५ करोड ७९ लाख ९१ हजार पाँच सय ९६ रुपैयाँ फ्रिज भएको हो ।

आर्थिक बर्ष ०७७÷०७८ मा संघीय कार्यालयहरुमार्फत डोटी जिल्लामा चालुतर्फ ६ अर्ब आठ करोड ४२ लाख ५४ हजार आठ सय ६९ र पूँजीगततर्फ एक अर्व १९ करोड ३८ लाख ५७ हजार वजेट बिनियोजन भएको थियो ।

सोमध्ये चालुतर्फ पाँच अर्व ७७ करोड ४३ लाख २६ हजार तीन सय २४ र पूँजीगततर्फ ९६ करोड ३६ लाख ६३ हजार पाँच सय रुपैयाँ खर्च भएको छ । संघीय बजेटको ९२.५७ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । संघीय कार्यालयको चालुतर्फ झण्डै ९५ प्रतिशत र पूँजीगततर्फ ८०.७१ प्रतिशत रकम खर्च भएको देखिएको छ ।

प्रदेश सरकारको बजेट भने झण्डै २७ प्रतिशत फ्रिज भएको छ । चालुतर्फ दुई अर्ब १३ करोड ७१ लाख ३१ हजार पाँच सय बिनियोजन भएकोमा एक अर्ब ४९ करोड एक लाख ३० हजार एक सय ३७ रुपैयाँ खर्च भएको छ ।

यो रकम चालुतर्फ विनियोजित कुल रकमको ६९.७३ प्रतिशत हो । यस्तै पूँजीगततर्फ दुई अर्ब १७ करोड ९५ लाख ८२ हजार बिनियोजन गरिएकोमा एक अर्ब ६६ करोड ८५ लाख ९१ हजार सात सय ६७ रुपैयाँमात्र खर्च भएको छ । कुल पूँजीगत अनुदानको ७६.५५ प्रतिशत मात्रै खर्च भएको देखिन्छ ।

जिल्लामा जम्मा ४५ करोड सात लाख २१ हजार एक सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ । कोलेनिकाको तथ्याङ्क अनुसार संघीय कार्यालयहरुमार्फत ४१ करोड १५ लाख ३६ हजार नौ सय १८ र प्रदेश कार्यालय अन्तर्गत तीन करोड ९१ लाख ८४ हजार दुई सय ५४ रुपैयाँ राजश्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment