+
+

उच्च अदालत पाटनको हेटौंडा इजलासमा लक्ष्यभन्दा ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौट

रासस रासस
२०७८ भदौ २ गते १४:४८

२ भदौ, बागमती । हेटौंडास्थित उच्च अदालत पाटनको हेटौंडा इजलासले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

उच्च अदालत इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर जिल्ला रहेको छ । गत आर्थिक वर्षमा ९३९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा इजलासले ८२६ मुद्दा फर्छ्यौट गर्न सफल रहेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए ।

अदालतले गत आर्थिक वर्ष दर्ता भएका मुद्दामध्ये ६१९ मुद्दा भने फछर्यौट गर्न बाँकी रहेको जनाएको छ । उच्च अदालतमा १८ महिनादेखि दुई वर्ष नाघेका एउटा पनि मुद्दा नरहेका र जम्मा मुद्दाका आधारमा ५७.१६ प्रतिशत लगतमा फर्छ्यौट रहेको बताइएको छ ।

चितवनमा गत वर्ष लगत भएका तीन हजार ८३०, फर्छ्यौट भएका दुई हजार ४३४ र एक हजार ३९६ मुद्दा यस वर्षका लागि सरेका छन् । यस्तै मकवानपुरमा भने गत वर्ष दुई हजार लगत भएकोमा ९८४ मुद्दा फछर्यौट भई एक हजार १६ मुद्दा यस वर्ष सरेका हुन् । सूचना अधिकारी कैशिकका अनुसार देवानीभन्दा फौजदारी मुद्दा बढी रहेकाले फैसला हुन बाँकी रहेको हो । अदालतले पुरानवेदन, राजस्व, जन्मकैद भएका, रिट र निषेधाज्ञाका मुद्दा हेर्ने गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षबाट ४०८ मुद्दाको जिम्मेवारी सरेर आएका, गत वर्षमा एक हजार ३७ नयाँ मुद्दा दर्ता भएको जनाइएको छ । गत वर्षमा एक हजार ४४५ मुद्दाको लगत भएकामा ८२६ मात्र फर्छ्यौट भएको छ । यस्तै चालु आर्थिक वर्षमा एक हजार १४९ नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको छ । यस वर्षका लागि गत वर्षबाट ६१९ मुद्दाको जिम्मेवारी सरेर आएका छन् । चालु वर्षमा एक हजार १९४ मुद्दा फछर्यौट गर्ने लक्ष्य लिएको जनाइएको छ ।

चितवन र मकवानपुरको पुनरावेदकीय इजलासमा रुपमा रहेको उच्च अदालत पाटन हेटौंडा इजलासमा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको जनाइएको छ । अदालतप्रतिको जनआस्था वृद्धि गर्नुका साथै अन्यायमा परेकालाई चाँडै न्याय दिने उद्देश्यले कार्यसम्पादन गरिएको उच्च अदालतले जनाएको छ ।

उच्च अदालत पाटन, हेटौंडाका मुख्य न्यायाधीश मोहम्मद साविर हुसेनले अदालतमा हरेक काम लिखित र आदेशअनुरुप रहने हुनाले सञ्चार जगतले अदालतका विषयमा कलम चलाउँदा अदालतको भाषा/कानूनी शब्दलाई पनि बुझेर लेखिदिन आग्रह गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?