+
+

विद्युत् प्राधिकरणका सदस्य केसीलाई काम गर्न उच्च अदालतको रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १९:३८

२६ पुस, काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणमा सञ्चालक समिति सदस्यमा नियुक्त लक्ष्मण केसीलाई तत्काल कामकाज गर्न रोकेको छ ।

न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको हो ।

ऊर्जामन्त्री खड्काले गत २ पुसमा केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए । सो निर्णय बदरको माग गर्दै कञ्चनपुरका जनार्दन जोशीले रिट दायर गरेका थिए ।

प्रारम्भिक सुनुवाइपछि यो आदेश जारी भएको हो । यसअघि १९ पुसमा उच्च अदालतकै न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?