+
+
Shares

अदालतले खोलिदियो रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्ने बाटो

रिलायन्सले लामो समयदेखि रोक्का रहेको कम्पनीको आईपीओ जारी प्रक्रिया अगाडि बढाउन माग गर्दै उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनमाथि २४ वैशाखमा दुई पक्षीय सुनुवाइ भएपछि अदालतले रिलायन्सलाई आईपीओ जारी गर्ने बाटो खोलिदिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १९:०१
फाइल तस्वीर

२५ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रथम सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने बाटो खोलिदिएको छ ।

रिलायन्सले लामो समयदेखि रोक्का रहेको कम्पनीको आईपीओ जारी प्रक्रिया अगाडि बढाउन माग गर्दै उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनमाथि २४ वैशाखमा दुई पक्षीय सुनुवाइ भएपछि अदालतले रिलायन्सलाई आईपीओ जारी गर्ने बाटो खोलिदिएको हो ।

रिलायन्सले आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र प्रकाशनका लागि स्वीकृति समेत प्राप्त गरेको सन्दर्भमा विपक्षी बोर्डले विनाआधार, कारण तथा अख्तियारी उसको आईपीओ निष्कासन प्रक्रिया रोक्का गरेको हुँदा धितोपत्र बोर्डको २६ असार २०८१ को पत्र प्रारम्भिक रूपमा नै कानुनसम्मत नदेखिएकाले रिट निवेदनको टुंगो नलागेसम्म उक्त रोक्का पत्र कार्यन्वयन नगर्नू नगराउनू र उक्त पत्रसँग सम्बन्धित सबै कार्य रोक्का राख्नू भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

रिलायन्सले सन् २०२१ मा आईपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । जनवरी २०२४ सम्म कुर्दा पनि अनुमति पाएको थिएन ।

अब अदालतबाट अन्तरिम आदेश आएका कारण आईपीओ निष्कासनको बाटो खुलेको रिलायन्सले जनाएको छ । ‘४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र १० अर्ब रुपैयाँभन्दा बढीको वार्षिका कारोबार गर्ने कम्पनीको ३० वर्षको इतिहासमाथि अदालतले न्याय गरेको छ,’ रिलायन्सका एक अधिकारीले भने, ‘हामीजस्तो कम्पनीलाई सरकारले संरक्षण नगर्ने हो भने देशको भविष्य के होला ? तर, अदालतको आदेशबाट हामीले न्याय पाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?