+
+

दार्चुला घटनाको छानबिन गर्न बनेको समितिको म्याद तेस्रो पटक थपियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १८:५४
फाइल तस्वीर

२ भदौ, काठमाडौं । दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको छानबिन गर्न गठित समितिको म्याद तेस्रो पटक थपिएको छ । पहिलो पटक १० दिन र दोस्रो पटक ७ दिन म्याद थप हुँदा पनि समितिले निष्कर्ष निकाल्न नसकेपछि गृहमन्त्री बालकृष्ण खाँणले तेस्रो पटक म्याद थपेका हुन् ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार समितिले समय अपुग भएको भन्दै म्याद थप्न गरेको आग्रह अनुसार बिहीबारबाट लागू हुने गरी म्याद थपिएको हो । समितिले जयसिंह धामी नदी तर्दातर्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले तुइन फुकालिदिँदा घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । यद्यपि प्रतिवेदनमा लेख्ने विषय गृहमन्त्री खाँणसँग परामर्शपछि मात्र टुंगिने समितिका एक सदस्यले बताए ।

मन्त्री खाँणले जयसिंह प्रकरणमा सहसचिव जनार्दन गौतम नेतृत्वको समितिको प्रतिवेदन नै सरकारको अन्तिम निष्कर्ष हुने बताइसकेका छन् । समितिमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?