+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

लुम्बिनीका माधव नेपाल पक्षका सांसद ‘पर्ख र हेर’को अवस्थामा

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ ३ गते १०:३७

३ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभामा एमालेका ३७ सांसदमध्ये दुई जना सांसद एक साताअघि माधव नेपाल पक्षमा सार्वजनिक रुपमै खुलेका थिए । साउन ३० गते माधव पक्षीय एमाले रुपन्देहीको जिल्ला भेलामा उपस्थित भएर मन्तव्य राखेका कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती माधव नेपालले नयाँ दल दर्ता गरेपछि भने पर्ख र हेरको अवस्थामा रहेका छन् ।

वैचारिक हिसाबले लामो समयदेखि माधव नेपाललाई साथ दिएको भए पनि पार्टी विभाजनपछि साथ दिने वा नदिने निर्णय गर्न नसकेको पन्थीले बताए । ‘म पर्ख र हेरको अवस्थामा छु’ पन्थीले भने, ‘कार्यदलमा रहेका नेतासँग कुरा चल्दैछ ।’

१० बुँदे सहमतिमा टेकेर अघि बढेको भए माधव नेपाल पक्षकै पोल्टामा पार्टी जाने अवस्था भए पनि नयाँ दल दर्ता हतार भएको पन्थीले विश्लेषण गरे । ‘लुम्बिनी प्रदेश सभामै १५ जना हाराहारीमा सांसदले माधव पक्षमा आउने कुरा गरिराख्नुभएको थियो’ पन्थीले भने, ‘पार्टी विभाजन भएपछि अब साथीहरु नयाँ पार्टीमा आउन गाह्रो मान्नुहुन्छ होला ।’

अध्यक्ष केपी शर्मा ओलीले महासचिव ईश्वर पोखरेल र विष्णु पौडेललाई पनि थाहा नदिई माधव नेपालसहित १४ सांसदलाई निश्कासन गर्ने निर्णय गरेको उल्लेख गर्दै पन्थीले ओलीको व्यवहार नसच्चिए आफूहरुले माधव नेपालको साथ नछाड्ने संकेत गरे ।

पाल्पाकी सांसद रमा घर्तीले पनि माधव नेपालको पार्टीमा सामेल हुने/नहुनेबारे निर्णय लिन एक-दुई दिन लाग्ने बताइन् । ‘केन्द्रबाट नेताहरुको प्रतिक्रिया के आउँछ, एक/दुई दिन हेर्नुपर्छ,’ घर्तीले भनिन्, ‘विचार र कार्यशैलीका हिसाबले माधव नेपाल नै ठीक हो, तर नयाँ पार्टीका बारेमा निर्णय गर्न त समय लाग्छ ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?