+
+

वृज सिमेन्टले ‘मिस वर्ल्ड २०२१ ब्यूटी विथ पर्पाेज’ परियोजना अन्तर्गत पुल निर्माणमा सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १७:४४

मिस नेपाल प्रतियोगिताको प्रायोजक वृज सिमेन्टले ‘मिस वर्ल्ड २०२१ ब्यूटी विथ पर्पाेज’ परियोजनामा पुल निर्माणमा सहयोग गर्ने भएको छ ।

यस वर्ष मिस नेपाल नम्रता श्रेष्ठले आफ्नो ‘व्यूटी विथ पर्पोज’ प्रोजेक्टको लागि धादिङको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेको र उक्त प्रोजेक्टमा वृज सिमेन्टले सहयोग गर्ने भएको हो ।

मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ‘व्यूटी विथ पर्पोज’ परियोजना अन्र्तगत धादिङ निलकण्ठ गाउँपालिकको १२ र १३ नं. वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने योजना रहेको छ ।

श्रेष्ठमार्फत पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाइजेसन अन्र्तगतको वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?