+
+

काठमाडौंमा शुक्रबारदेखि ४० वर्षमाथिकालाई पनि कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १९:०१
फाइल तस्वीर

३ भदौ, काठमाडौं । काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने छ ।

काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने भएको छ ।

यी हुन् खोप केन्द्रहरु :

  • सशस्त्र प्रहरी अस्पताल, बलम्बु
  • वीरेन्द्र सैनिक अस्पताल, छाउनी
  • राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
  • नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
  • वीर अस्पताल, रत्नपार्क
  • निजामति कर्मचारी अस्पताल, वानेश्वर
  • परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
  • शिक्षण अस्पताल, महाराजगञ्ज
  • काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
  • अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?