३ भदौ, काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।
शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उनले बताए ।
खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए ।
यी हुन् खोप केन्द्रहरु :
- सशस्त्र प्रहरी अस्पताल, बलम्बु
 - वीरेन्द्र सैनिक अस्पताल, छाउनी
 - राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
 - नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
 - वीर अस्पताल, रत्नपार्क
 - निजामति कर्मचारी अस्पताल, वानेश्वर
 - परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
 - शिक्षण अस्पताल, महाराजगञ्ज
 - काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
 - अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र
 
हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4