+
+

पहिरोले जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते ७:००

४ भदौ, धनगढी । पहिरोका कारण जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । पहिरोले बैतडी र बझाङमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाटन नगरपालिका–८ खोड्पे नजिकै र पुर्चौडी नगरपालिका–६ ढोल्यामोडमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

यस्तै बझाङको दुर्गाथली गाउँपालिका–२ झनाना नजिकै आएको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रुपक खड्काले जानकारी दिए ।

गन्तव्यका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । डोजरको सहायताले सडक खुलाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?