+
+

के अब बुढ्यौलीमा पनि कामबाट अवकास लिन पाइने छैन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १०:४०

बुढ्यौली दिनदिनै महंगो हुँदैछ । संभव भएसम्म, आउँदो पुस्ताले गरिरहेको काम छाड्ने बिचारलाई सधैका लागि त्याग्नुहोस् । के गर्ने, जब हामी बुढो हुन्छौ रु के हामी काम गर्नका लायक रहन्छौ रु के कसैले हामीलाई काम दिन्छ रु

डाक्टर बिल फ्रैंकलैन्ड १ सय ६ बर्षका छन् । सायद यो धर्तीमा काम गरिरहेका सबैभन्दा पाको डाक्टर उनै हुन् । यस उमेरमा पनि उनी लन्डनको आफ्नो कार्यलयमा सुट र टाईमा ठाँटिएर बसेका हुन्छन् । १ सय बर्षको जिन्दगी पुरा गरेपछि पनि चार रिसर्च पेपर छाइसकेका छन् र पाँचौ पेपर लेखिरहेका छन् ।

फ्रैंकल्यान्ड १९३० को दशकमा डाक्टर बनेका थिए । आफ्नो लामो करियरमा उनले एलर्जीको उपचारबाट ख्याती कमाए । एन्टि बायोटिक्सको खोजका लागि नोबेले पुरस्कार जित्ने एलेक्जेन्डर फ्लेमिङसँग पनि उनले काम गरेका थिए । एक पटक उनलाई इराकका तानाशाह सद्दाम हुसेनको उपचारका लागि पनि बोलाइएको थियो ।

नियमअनुसार डाक्टर फ्रैंकलेन्डले ६५ बर्षको उमेरमै अवकास लिनुपर्ने थियो । तर, उनले काम गर्न बन्द गरेनन् । उनी तबसम्म आफ्नो मर्जीले काम गरिरहेका छन् । डा। फ्रैंकलेन्ड भन्छन्, ‘मैले काम नै नगर्नु हो भने, के गरौं त रु’

कामप्रति फ्रैंकलेन्डको यो दृष्टिकोण आम होइन । धेरैजसोले सोच्छन् कि, पाको हुँदै गएपछि कामबाट अवकास लिनुपर्छ । तर, सायद भविष्यमा यस्तो हुनेवाला छैन ।

अवकासपछि धेरैजसो मानिसहरुले जति बचत गर्न पाएका हुन्छन्, जति उनको आवश्यक्ता हुन्छ, त्यसमा भारी अन्तर आएको छ । यो अन्तर दिनहुँ बढ्दैछ । वल्र्ड इकोनमिक फोरमको ताजा रिपोर्ट अनुसार विश्वकै बढ्दो अर्थव्यवस्था अमेरिका, बेलायत, जापान, नेदरल्यान्ड, क्यानडा, अष्ट्रेलिया, चीन र भारतमा सन् २०५० सम्म मानिसलाई जति बचतको आवश्यक्ता हुन्छ, त्यसमा ४ सय २८ हजार अर्ब डलरको कमी हुनेछ ।

पेन्सनले काम चल्नेवाला छैन

विश्वको जनसंख्या बुढ्यौलीतर्फ धकेलिदैछ । सन् २०१५ मा करिब चार लाख ५१ हजार मानिस सय बर्षका थिए । आगमी तीन दशकमा यो संख्या आठ गुना हुनेछ । धनी मुलुकमा जन्मिएका धेरैजसो बच्चा अहिले सय बर्षसम्म बाँच्ने अपेक्षा राख्छन् । समस्या यहीबाट सुरु भएकोछ ।

अमेरिकामा सन् १९६० को दशकमा मानिसले औसत रुपले पाँच बर्षसम्मको बुढ्यौली पेन्सनको फाइदा उठाउन पाएका थिए । तब मानिसहरु ६५ बर्षको उमेरमा अवकासप्राप्त हुन्थे र उनको जीवन करिब ७० बर्षको हुनेगथ्र्यो । अब औसत आयु बृद्धि हुँदै गएको छ । मानिसहरु एक सय बर्षसम्म बाँच्ने आशाका साथ बाँचिरहेका छन् । यसको सोझो अर्थ के भने, अवकासपछि पनि मानिसहरु सात गुणा लामो जीवन बाँचिरहेका छन् ।

कम्पनीको आखिरी पारिश्रमिकको आधारमा पेन्सन तय गर्ने व्यवस्था फरक छ । यस्तोमा जो मानसिक अमेरिकाको राष्ट्रिय औसत ४४ हजार ५ सय ६४ डलर बर्षेनी आर्जन गर्न चाहन्छन्, उनका लागि करिब १० लाख डलर बचत गर्नुपर्ने आवश्यक्ता हुन्छ । यसकारण बुढ्यौलीमा पनि उसले काम गर्नुपर्ने हुन्छ । तर, त्यस उमेरमा उसले के गर्ने रु के उनीहरु काम गर्नका लायक हुन्छन् रु कसले उनीहरुलाई काम दिन्छ रु

भारतसहित विश्वमै सय बर्षका काम गरिरहेका छन् र उनीहरु जटिल काम गरिरहेका छन् । एन्थनी मैसिनेली ९५ बर्षको उमेरमा हजमको काम गरिरहेका छन् । स्टैनिस्ला कोवाल्स्की जस्ता एथलिटले १ सय ४ बर्षको उमेरमा सय मिटर रेसको रेकर्ड तोडिरहेका छन् । १ सय ७ बर्षको उमेरमा मस्तनम्मा युट्युबमा माछा बनाउन सिकाइरहेका छन् ।

बुढो मानिस अक्सर काम गर्न चाहिरहेका छन् । बेलायतको एक उद्यमी पीटर नाइटले चार बर्ष पहिले ‘फोर्टिज पिपुल्स’ नामको एक रिक्रुटमेन्ट कम्पनि खोलेका थिए । उनले अनुभवी पाको व्यक्तिलाई रोजगारी दिइरहेका छन् । नाइट भन्छन्, ‘धेरै उमेरको कुनै सीमा छैन । मेरो एक क्लाइन्टको उमेर ८२ बर्षको थियो र उनले ९४ बर्षका एक व्यक्तिलाई पनि काममा राखेका थिए ।’

९० बर्षपछि पनि गर्दैछन् यस्तो काम

९४ बर्षका एक व्यक्ति एकै कम्पनीबाट तीन पटकसम्म रिटायर भइसकेका थिए । उनको कम्पनी रायस मरीन्सको रेकर्डस्को रेखदेख गर्थे । रिटायर भएपछि उनी अक्सर आफ्ना सहकर्मीसँग भेटघाट गर्न पुग्थे र त्यहाँ उनको हात बटार्न लाग्थे । यसरी उनी दोस्रो पटक काम सुरु गर्थे । कम्पनीले उनलाई केही पैसा दिने निर्णय ग¥यो, ताकि उनी घर फर्कदा खुसीसाथ फर्कियोस् ।

केही काम यस्तै हुन्छ, जसलाई छाड्नै सकिदैन । ९२ बर्षको ब्रिटिश टेलिभिनज प्रस्तोता सर डेभिड एटनबरो बीबीसीका लागि वन्य जीवमा टेलिभिजन कार्यक्रम बनाउँथे । सर एटनबरोको पुरा अपेक्षा छ कि, उनी १ सय बर्षसम्म यही काम गर्न सकोस् ।

जेन फाल्किंघम जराविज्ञानी हुन् र साउथैम्पटन युनिभर्सिटीका सेन्टर फर पपुलेन चेनका निर्देशक हुन् । उनी भन्छन्, ‘बेलायतमा अब अनिवार्य रुपले रिटायरमेन्टको कुनै उमेर छैन । शिक्षा क्षेत्रमा ७० बर्ष पार गरिसकेका पनि लेक्सचर दिइरहेका छन् । मेरो फ्याकल्टीका सबैभन्दा बुढो प्रोफेसर करीब ७५ बर्षका हुन् ।’

डाक्टर फ्रैकलेन्डका लागि काम गरिरहनु एक व्यावहारिक निर्णय थियो । १०६ बर्षका उमेरमा उनी यस्तो केही काम गर्न पाएका छैनन्, जो उनको रुचीको विषय थियो, जस्तो कि बागवानी । यसैले उनी धेरैभन्दा धेरै पढ्छन् । यस उमेरमा उनी वैज्ञानिक रिसर्च पढ्ने गर्थे ।

‘फोर्टिज पिपुल्स’ मा पीटर नाइट कु्न कामका लागि मानिसलाई रोजगारीमा राखिन्छ, यसको कुनै निश्चित ढाँचा छैन । उनी भन्छन्, ‘पछिल्लो केही हप्तामा तीन प्रेस कम्पनीले हामीसँग सम्पर्क गरेको थियो । उनले रिसेप्सन र एचआरका लागि नवजवान व्यक्तिको लागि कामदार राखेको थियो । तर, उनीहरु भरपर्दो थिएनन् । त्यही कारण उनले अनुभवी मानिसलाई काममा राख्ने निर्णय ग¥यो, ताकि उनीहरु आफ्नो काममा ध्यान दिन सकोस् ।’

जुन व्यक्तिको काममा शारीरिक श्रमको बढी आवश्यक हुन्छ, त्यहाँ लगातार काम गरिरहनु चुनौतीपू्र्ण हुन्छ । तर फाल्किंघम भन्छन्, ‘प्रविधि बद्लिइरहको छन् र त्यसले हाम्रो कामलाई बदल्दैछन् । धेरै जटिल काम अब यन्त्रले गर्न थालेको छ । यो परिवर्तन मानिसलाई लामो समयसम्म काम गर्नका लागि सहायक भएको छ ।’

काम गर्ने क्षमता र स्वास्थ्य

सय बर्ष पुगेका व्यक्तिहरु तुलनात्मक रुपमा स्वास्थ्य हुने बताइन्छ । एक नयाँ सोधबाट थाहा भएको छ कि, २० बर्ष कान्छो मानिसको तुलनामा उनीहरु कम रोगले ग्रसित छन् । मानसिक रुपले पनि सजग छन् । यो सही हो कि, उमेरसँगै केही क्षमता घट्छ । तर, वर्षौको कामको क्रममा हामी जुन कौशल र ज्ञान आर्जित गर्छौ, त्यो निखारिएर आउँछ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा न्युयोर्कमा भोट दिने १ सय बर्षका मानिसहरुमा वैज्ञानिक अध्ययन गरिएको थियो । उनीहरुमा पाइयो कि, उनीहरुमा बुढ्यौलीको एकमदम कम लक्षण छ र उनीहरुको मस्तिष्क उत्कृष्ट ढंगले काम गरिरहेको छ ।

केही मानिसहरु यस्तो सोच्छन् कि, चाढै अवकास लिनु स्वास्थ्यका लागि राम्रो हुन्छ । तर, केही पटक काम छाड्दाको उल्टो असर पनि पर्छ । अष्ट्रियामा अफिसमा काम गर्ने मानिसहरुमा गरिएको एक शोधबाट थाहा भयो कि, जसले साढे तीन बर्षअघि अवकास लिएका थिए, उनमा ६७ बर्षको उमेरसम्म मृत्यु हुने संभावना १३ प्रतिशत बढी पाइयो । खासगरी उनीहरु एकाकी जीवन विताइरहेको र शारीरिक एवं मानसिक रुपले निस्क्रिय रहेको अवस्था थियो ।

जापानको ओकिनावा सय बर्ष पुरा गर्ने जनसंख्याका लागि चर्चित छ । एक अनुमान अनुसार यहाँ हरेक २००० मा एक व्यक्ति १ सय बर्षका छन् । ओकिनावको मानिसको लामो उमेर र उनको जीवनशैलीमाथि केही अध्ययन भएको छ । त्यसबाट थाहा भएको छ कि, त्यहाँका व्यक्ति एक औसत अमेरिकीको तुलनामा कम क्यालोरीयुक्त खाना खान्छन् । धेरे सब्जी सेवन गर्छन् र धेरैभन्दा धेरै काम गर्छन् ।

त्यहाँका बासिन्दाको लागि अवकास भन्ने शब्द नै छैन । स्थानिय वासिन्दा खेती गर्दै, माछा मार्दै हुर्किन्छन् । र, जीवनको आखिरी दिनसम्म उनीहरु काममै तल्लिन रहन्छन् । पाको व्यक्ति इकिगाईको एक नियम सबैले मान्छन्, जो हरेक विहान उठेर काम गर्न प्रेरणा दिइरहेका हुन्छन् ।

ओकिनावा संभवत यस्तो एक्लो द्वीप हो, जहाँ सय बर्षभन्दा पाको व्यक्तिको आफ्नै म्युजिक व्यान्ड पनि छ । केबीजी ४८ नामको यो ब्यान्डले जापान टुर समेत गर्ने गर्छन् । यसको सदस्य बन्नका लागि पहिलो सर्त यो हो कि, व्यक्ति कम्तिमा ८० बर्ष पुगेको हुनुपर्छ ।

त्यहाँका पाको व्यक्ति त्यती लाचार छैनन्, जति उनीहरुको बारेमा सोचिन्छ । उनीहरुसँग गर्नका लागि थुप्रै कुरा छन् । प्रश्न छ कि, के उनीहरुलाई कसैले काम दिइरहनु पर्छ रु

पीटर नाइट भन्छन् कि, ‘भविष्यमा बुढो व्यक्तिहरुको संख्या बढ्नेछ । नयाँ पीढीको तुलनामा बुढाहरु फाइदाको स्थितीमा छन् । उनीहरुसँग आफ्नो अनुभव, खुवी, दक्षता र परिपक्कता हुन्छ । उनीहरु कुनैपनि काम उत्कृष्ट ढंगले गर्न सक्छन् ।

युवा टिम बनाउन जोड

चुनौती पनि कम छैन, नाइट भन्छन् कि, उनको केही ग्राहकले पाको उमेरका व्यक्तिलाई जागिरमा यसकारण राख्दैनन् कि, उनीहरु यति सिपालु थिए कि काम दिलाउनेलाई नै उनीहरुले छुटी दिनसक्थे । उदाहरणका लागि, एक महिलाले आफ्ना सिनियरको छुटीमा आएको केही समस्यालाई सफलतापूर्वक पाखा लगाइदिए । तर, उनको कामबाट खुसी हुनुको बदलामा उनलाई कामबाट निकालियो । यस्तो किनपनि गरियो भने, अफिसमा बोसभन्दा ति महिला बढी लोकप्रिय हुने देखियो ।

स्वभाविक रुपमा बुढो हुनु एक समस्या हो । नाइट भन्छ्न्, ‘यदि तपार्ईं कुनै कम्पनी वेबसाइट हेर्नुभयो भने, त्यसमा आफ्नो टिमलाई युवा देखाउन खोजिएको हुन्छ । बुढो टिम कसैले देखाउन चाहँदैन ।’

जापानले बाटो देखाइसकेको छ कि, त्यहा आयु लामो हुँदैछ र जन्म दर कम हुँदैछ । पुरा जनसंख्यामा करीब एक तिहाइ हिस्सा ६५ बर्षभन्दा धेरै छ । जापान सरकारले ति कम्पनीलाई प्रोत्साहित गर्न सुरु गरेको छ कि, जसले पाको श्रमिकलाई काम दिइरहेका छन् । सरकारी पेन्सनको न्युनतम योग्यता बढाएर ७० बर्ष पु¥याउनेमा सोचविचार गरिरहेको छ ।

सौन्दर्य प्रसाधन बनाउने कम्पनी पोलासँग १५ सय कर्मचारी छ । यसमा धेरैजसो ७०, ८० र ९० बर्षका महिला छन् । उनीहरुले लामो समयमा बलियो ग्राहकको आधार बनाए र पाको उमेरका कर्मचारी टिम नवजवानले भन्दा उत्कृष्ट ढंगले काम गरिरहेका छन् ।

फ्रैंकलेन्डलाई १ सय ६ बर्षको उमेरमा काम गर्न कस्तो लाग्यो रु उनी भन्छन्, ‘बढ्दो उमेरमा केही शारीरिक समस्या छ । बहिरापन त्यसमध्ये एक हो । कुनैपनि सामाग्री सम्हाल्न मुश्किल छ । पत्रपत्रिका खोज्न पनि गाह्रो छ । शारीरिक रुपले एकदमै काम गर्छु । पहिला मलाई सबै कुरा हुन्छ भन्ने बानी थियो, अहिले हुन्न भन्न सुरु गरेको छु ।’ डाक्टर फ्रैकलेन्डको मानसिक क्षमता यसभन्दा एकदम फरक छ ।

केही नगरी बुढ्यौली उमेर विताउन पक्कै पट्यारलाग्दो र गाह्रो छ । धेरैका लागि खराब स्वास्थ्यका कारण ६५ उमेरपछि काम गर्न संभव भइरहेको छैन । तर, बुढ्यौली उमेरमा आर्जन गरेको सीप, क्षमता, खुवी, अनुभवलाई समुचित ढंगले उपयोग गर्नका लागि उनीहरुलाई रोजगार दिलाउने अभ्यास भने अब हुनेछ ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment