
४ भदौ, डोटी ।गएरातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ । दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4