
४ भदौँ, धनगढी । अविरल वर्षासँगै बैतडीमा आएको पहिराले दुई घर पुरेको छ । जिल्लाको पाटन नगरपालिका–१० मा बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको पहिरोले दुई घर पुरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय हर्क कुँवर र हिक्मत कुँवरको घर पहिरोले पुरिएका हुन् । पहिरोले घर पुरिएसँगै हर्कका तीन भैँसी, गाई र १० वटा कुखुरा मरेका छन् भने खाद्यान्न, लत्ता कपडा सबै क्षति भएका छन् ।
अर्का पीडित हिक्मतका एक गाई, पाँच वटा बाख्रा र १५ कुखुरा पहिरोमा पुरिएर मरेका छन् । तर पहिरो गएको थाहा पाएपछि दुवै जनाका परिवार भागेर ज्यान बचाउन सफल भएका हुन् । अहिले विस्थापीत परिवार आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4