+
+

कञ्चनपुरमा चार लाख बराबरको रुद्राक्षका माला बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १७:२९

४ भदौ, धनगढी । सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद गरेको हो ।

दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ ।

ती रुद्राक्षका माला बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?