+
+

रासायनिक मल खरीदमा कृषि सामग्री कम्पनीलाई एक अर्ब ६ करोड बढी निकासा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १९:१७
फाइल तस्वीर

४ भदौ, काठमाडौं । अनुदानको रासायनिक मल खरिद गर्दा कृषि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई बढी रकम निकासा दिएको खुलासा भएको छ । शुक्रबार ५८ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले मल आयातको परिणामभन्दा झण्डै सवा अर्ब रुपैयाँ भन्दा बढी रकम कम्पनीलाई निकासा दिएर असुल नगरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब २४ करोड २६ लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार २०० मेट्रिक टन मात्रै रासायनिक मल आयात भएको थियो । तर, कृषि मन्त्रालयले मल आयातको लागतभन्दा एक अर्ब ६ करोड १७ लाख रुपैयाँ बढी कुल १० अर्ब ५२ करोड ९५ लाख अनुदान निकासा कृषि सामग्रीलाई दिइएको प्रतिवेदनमा भनिएको छ ।

साल्ट ट्रेडिङलाई बक्यौता तिर्न बाँकी १७ करोड ५१ लाख घटाएर दिनुपर्ने रकममा कृषि मन्त्रालयले चलखेल गरेर मल ल्याएको भन्दा बढी रकम निकासा भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले कृषि सामग्री कम्पनीबाट एक अर्ब ६ करोड १७ लाख रुपैयाँ असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?