+
+

मेस्सी र नेयमारविनै पीएसजीको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते ८:२९

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार तेस्रो जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा लिओनल मेस्सी र नेयमारविनै पीएसजीले ब्रेस्टलाई ४-२ ले पराजित गरेको हो ।

पीएसजीका लागि एण्डर हेरेराले २३औं, केलियन एमबाप्पेले ३६औं, इद्रिसा गाना ७३औं र एन्जल डी मारियाले इन्जुरी टाईममन गोल गरे ।

ब्रेस्टका फ्रान्क होनोराटले ४२औं र स्टिभ मौनीले ८५औं मिनेटमन गोल गरे ।

लगातार तेस्रो जितपछि तीन खेलमा ९ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।

उता यसअघि दुवै खेल बराबरी खेलेको ब्रेस्टको यो पहिलो हार हो । ब्रेस्ट तीन खेलमा दुई अंकसहित १२औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?