+
+

विधानको नेतृत्वमा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते १४:४०

चलचित्र क्षेत्रका विभिन्न विधामा काम गर्ने चलचित्रकर्मीहरुको छुट्टा–छुट्टै छाता संगठन छ । तर, म्यूजिक भिडियोको बजारमा बार्षिक करोडौं रकम लगानी हुने गरेतापनि यो बजारलाई प्रतिनिधित्व हुने गरि संघसंस्थाहरु छैनन् । यो क्षेत्रमा काम गर्ने निर्देशक, निर्माता, प्राविधिक, कलाकारहरुको समस्यादेखि उनीहरुको मुल्यांकनका लागि ठोस कदम पनि चालिएको छैन ।

यसैविच, म्यूजिक भिडियो निर्देशनमा सक्रिय निर्देशकहरुको सक्रियतामा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को गठन गरिएको छ । निर्देशक विधान कार्कीको नेतृृत्वमा गठन भएको कार्यकारिणी समितीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्था स्थापना भएको जानकारी दिएको छ ।

समाजमा १५ जनाको संस्थापन कमिटी रहेको छ । जसमा अध्यक्ष विधान कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्धितिय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव हेम प्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह–कोषाध्यक्ष निशान घिमिरे छन् ।

यस्तै, सदस्यहरुमा शान थापा, समन अधिकारी, गम्भिर बिष्ट, अनुप चापागाँई, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई छन् । समाजको सल्लाहाकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदिप पराजुली नियुक्त भएका छन् । यस्तै, समाजका प्रेस सल्लाहाकारमा जीवन कुमार पराजुली नियुक्त भएका छन् । कार्यक्रममा समाजका पदाधिकारीहरु तथा सल्लाहाकार सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

यो क्षेत्रलाई थप व्यवसायीक, मर्यादित र व्यवस्थित बनाउन ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को गठन गरिएको अध्यक्ष विधान कार्कीले जानकारी दिए । उनले, समाजमा सबै म्यूजिक भिडियो निर्देशकहरुलाई समावेश गराउने समेत बताए । तर, समाजमा सदस्यता लिनका लागि १५ वटा भिडियोको निर्देशन गरेको हुनुपर्ने प्रावधान तोकिएको छ ।

समाजका महासचिव सुव्रतराज आचार्यले भिडियोमा पनि कथा वाचन शैली सुरु भएको भन्दै भिडियोलाई दर्ता प्रक्रियामा लगेर व्यवस्थित बनाउन चलचित्र विकास बोर्डसँग आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नीतिगत रुपमा नै अगाडि बढ्न बोर्ड तयार रहेको बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?