
७ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरआएन) को युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आगामी अक्टुवरमा हुने एनआरएन महाधिवेशनमा लामाले युरोप उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काभ्रे घरमा भएका लामा लामो समयदेखि आयरल्याण्डमा व्यवसाय गर्दै आएका छन् ।
सन् २०१० देखि एनआरएन अभियानमा संलग्न लामा सन् २०१३ देखि २०१५ सम्म एनआरएन आयरल्याण्डका उपाध्यक्ष थिए ।
विभिन्न सामाजिक संघसंस्था आवद्ध लामाले एनआरएनभित्र रहेर काम गर्न इच्छुक भएकाले युरोप उपसंयोजकमा उम्मेदवारी दिएको बताए ।
हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक रहिसकेका उनले भूकम्पका बेला नेपालका विभिन्न जिल्लामा ठूलो संख्यामा राहत सामग्री सहयोग गरेका थिए ।
अहिले उनी आयरल्याण्डमा ह्यान्ड्री क्राफ्टको व्यवसायमा आवद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4