+
+

एनआरएनएको उपाध्यक्षमा सुनिल साहको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १२:२१

७ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा अमेरिकाबाट सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन् ।

साहले संघको आगामी कार्यकाल २०२१–२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनी लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय छन् ।

साह एनसीसी अमेरिकाको निवर्तमान अध्यक्षसमेत हुन् । लामो समयदेखि अमेरिकालाई कार्यथलो बनाएका साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धिका लािग प्रयोग गर्ने बताएका छन् ।

उनले आफूले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्‍याउने उद्देश्य राखेको जानकारी अनलाइन खबरलाई दिएका छन् । ‘सबैसँगको सल्लाह र सुझावका आधारमा उपाध्यमा उम्मेवारीको तयारी गरेको हुँ ।,’ साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?