+
+

गण्डकीमा थपिए २६९ कोरोना संक्रमित, ६५४ जना निको भए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १७:५३

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप चार जना संक्रमितको मृत्यु भएको छ भने ६५४ जना निको भएका छन् ।

गत २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा १०३९ जनाको नमुना परीक्षण गर्दा २६९ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ संक्रमितमध्ये कास्कीका १६४ जना छन् भने स्याङ्जाका २८ र नवलपरासी पूर्वका २५ जना छन् ।

यस्तै गोरखा र लमजुङमा १७/१७, बागलुङमा ९, म्याग्दी र तनहुँमा ४/४ र पर्वतमा एक जना संक्रमित भेटिएका छन् ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार २६ पुगेको छ । तीमध्ये ७३ हजार २०५ जना निको भएका छन् भने १ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशभर हाल ४ हजार ५७८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?