+
+

एकताको कुरा धेरै ढिलो भयो : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते २३:३२

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीमा इमान, इतिहास र उर्जा बोकेको पंक्ति लामबद्ध भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले पुराना र नयाँ नेताहरुले मिश्रणमा पार्टी सशक्त बन्ने बताए ।

चन्द्रागिरी पुगेका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सम्बोधन गर्दै अब एकताको भ्रममा नअल्मलिन आग्रह गरे । ‘एकताको कुरा धेरै ढिलो भयो । अब नयाँ पार्टी निर्माणमा लगौं’ नेपालको भनाइ थियो ।

क्रान्तिकारी र सशक्त पार्टी बन्ने प्रशस्त आधार भएको अध्यक्ष नेपालले बताए । ‘कोके स्थापना गर्ने मध्ये पाँच जना सक्रिय राजनीतिमा छौं । त्यस मध्ये तीन जना हामी सँगै छौं’, उनको भनाइ थियो । कोके स्थापना गर्ने मध्ये सीपी मैनाली अलग पार्टीमा रहेको र बाँकी मध्ये तीन जना (माधव नेपाल, झलनाथ खनाल र मुकुन्द न्यौपाने) एकीकृत समाजवादी बनाउन लागिपरेको नेपालले बताए ।

कोके बनाउने मध्ये अमृत बोहोरा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको उनले बताए । ९ भदौमा माधव नेपाल नेतृत्वमा दर्ता भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ ।

त्यसअघि केन्द्रीय कमिटी बैठक बस्न चन्द्रागिरी पुगेको जगनाथ खतिवडाले बताए । उनका अनुसार, चन्द्रागिरीमा पार्टी विधान र राजनीतिक कार्यक्रमबारे समेत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?