+
+

इन्जुरी टाइमको गोलले सेभिया विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते ८:४८

८ भदौ, काठमाडौं । एरिक लामेलाले इन्जुरी टाइममा गरेको एक मात्र गोलको मद्दतमा सेभियाले स्पानिस ला लिगामा गेटाफेलाई १-० ले पराजित गरेको छ ।

सोमबार राति गेटाफेको मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका लामेलाले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका थिए ।

उनी ४६औं मिनेटमा सुसोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लामेलाले यसअघि ला लिगामा रायो भालेकानोविरुद्ध डेब्यु गर्दै सेभियाको लागि दुई गोल गरेका थिए ।

रियल मड्रिडका भिनिसियस जुनियर र एट्लेटिको मड्रिडका एन्जल कोरेअसंगै लामेलाको पनि ३ गोल भएको छ ।

लगातार दोस्रो जितपछि ६ अंक जोडेको सेभिया अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

समान अंक भए पनि साविक विजेता एट्लेटिको गोल अन्तरमा पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?