
८ भदौ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलाली र बर्दियाका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो । उनीमा सोमबार मात्रै संक्रमण पुष्टि भएको थियो ।
यस्तै बर्दियाको मधुवन नगरपालिका–४ की ७० वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्तपालमा मंगलबार बिहान ९ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा भदौ २ गते संक्रमण पुष्टि भएकोमा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4