+
+

बिना राउतः ‘मान्छे हिट, गीत फ्लप’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १३:२९

नेपाली म्यूजिक भिडियो बजारमा नयाँ नयाँ मोडलहरुको आगमन भैरहेको छ । चलचित्रको काम ठप्प भएपछि नायक–नायिकादेखि टिकटकबाट उदाएका थुप्रै प्रतिभाहरुले अवसर पनि पाएका छन् ।

पछिल्ला केही समयदेखि मोडल विना राउत नेपाली म्यूजिक भिडियो बजारमा सर्वाधिक चर्चामा छिन् । टिकटकबाट नै उदाएकी बिनालाई लिएर म्यूजिक भिडियो बनाउनेहरुको संख्या धेरै छ । तीजका गीतदेखि आधुनिक गीतसम्मका म्यूजिक भिडियोमा विना सर्वाधिक व्यस्त छिन् ।

टिकटकमा बिना र सरोजको जोडी हिट भएपछि उनीहरुलाई एकसाथ लिएर भिडियो बनाउने मेकरको संख्या पनि कम छैन । तर, बिनाको व्यस्तता जसरी बढेको छ सो अनुसार उनका गीतले सफलता भने पाएका छैनन् । बिनाको डान्सको निर्देशकहरु प्रशंसा गर्छन् । यसैले, पनि उनलाई लिएर काम गर्न निर्देशकहरु सहज मान्छन् ।

गायक टंक वुढाथोकीले ५ दिन अगाडि सार्वजनिक गरेको ‘तिमीलाई भेट्न’ बोलको गतिमा बिना र सरोजको अभिनय छ । तर, यो गीतले भ्यूजमा भने दम तोडेको छ । ५ दिनमा यो गीतको भिडियोलाई ३ लाख २९ हजार पटक मात्र हेरिएको छ ।

एक महिना अगाडि सार्वजनिक भएको ‘क्या बबाल’ बोलको गीतले पनि बिनालाई राहत दिन सकेन । यो गीतलाई १ लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै, ‘यसपालिको तीजमा’ बोलको गीत ३ दिन अगाडि रिलिज भयो । यो गीतले ७७ हजार मात्र भ्यूज पाएको छ ।

सुधिर श्रेष्ठ र बिनालाई राखेर निर्माण भएको ‘क्वारेन्टाइन’ बोलको गीतले १ महिनामा २ लाख १३ हजार भ्यूज पाएको छ । उनै, बिनाले अभिनय गरेको अर्को गीत ‘अक्कले’ सार्वजनिक भएको १ हपता बढी भयो । गीतले ३ लाख ८० हजार भ्यूज पाएको छ ।

बिनाले नै अभिनय गरेको ‘भगाई लैजाउ’ बोलको गीतको अवस्था त झनै दयनिय छ । यो गीतको भिडियोलाई १ साथमा जम्मा १७ हजार भ्यूज मिलेको छ । एक बर्ष अगाडि सार्वजनिक भएको ‘तोरी तेल लाएर’ बोलको गीतले चर्चा पाएपछि बिनाको माग बढेको हो । तर, उनले अभिनय गरेका अधिकांश भिडियोले दर्शकको साथ खासै पाएका छैनन् ।

३ दिन अगाडि सार्वजनिक ‘अर्को जुनी’ बोलको गीतमा बिनाकै अभिनय छ । गीतको भिडियोलाई ५० हजार भ्यूज मिलेको छ । बिना र सरोजले नै अभिनय गरेको ‘भैगो माया लाउँदिन’ बोलको गीतको भिडियोले २ सातामा ६ लाख ६३ हजार भ्यूज पाएको छ ।

बिनाले अभिनय गरेको पछिल्लो समयका ‘घन्किदे मादलु, रुदा रुदै’ बोलको गीतको भ्यूज केही सुखद छ । तर, अधिकांश गीतका भिडियोले भने नराम्रोसँग असफलता भोगेका छन् । यसैले, बिना पछिल्लो समय उदाएका मोडलहरुमा सर्वाधिक व्यस्त त छिन् तर उनका गीतले दर्शकको सुखद साथ भने पाएको देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?